गोकुलेश्वर । मोटरसाइकल दुर्घटनामा घाइते भएका बैतडीका विनोद महराको उपचारका क्रममा मृत्यु भएको छ।

जिल्लाको दोगडाकेदार गाउँपालिका–२ का २१ बर्षीय विनोद महराको उपचारका क्रममा मृत्यु भएको पारिवारिक श्रोतले जनाएको छ।उनको धनगढीस्थित मायामेट्रो अस्पतालमा उपचारका क्रममा आइतबार साँझ मृत्यु भएको बताइएको छ।
महराले चलाएको सुपप्र ०१–०१२ प २२३६ नम्बरको मोटरसाइकल आँफै अनियन्त्रित भएर शुक्रबार धनगढी उपमहानगरपालिका १३ राजपुर चोकमा दुर्घटना भएको थियो। मोटरसाइकलको पछाडी सवार बैतडीको दशरथचन्द नगरपालिका ७ का २० बर्षीय केशव शर्मा पनि उक्त दुर्घटनामा घाइते भएका छन्। शर्माको धनगढीस्थित मायामेट्रो अस्पतालमा उपचार भइरहेको छ ।



