गोकुलेश्वर। गोकुलेश्वरमा मंगलबार देखी अनियमित विद्युत कटौती हुँदै आएको छ । गोकुलेश्वर लगायतका केही ठाउँहरुमा अनियमित विद्युत कटौती हुन थालेपछि नगरबासीहरु सास्ती खेप्न बाध्य छन । गर्मी मौसममा पनि विद्युत आउने र जाने गरेकोले समस्या भईरहेको स्थानियले बताएका छन ।

मंगलबार देखी अनिमित विद्युत कटौती हुन थालेपछि स्थानियहरुले विद्युत प्राधिकरण वितरण शाखा केन्द« गोकुलेश्वरलाई विद्युत आपुर्ती सुचारु गरिदिन आग्रह गरेका छन । विद्युत कटौती भएसंगै विभिन्न खाले घरेलु उद्योग, पसल बैंक तथा सञ्चार गृहहरु समेत बन्द भएका छन ।
वितरण शाखा केन्द« गोकुलेश्वरका कर्मचारी सुरेश भट्टले भने लाईन मर्मतको काम भईरहेकोले निरन्तर आपुर्तीमा समस्या भईरहेको बताएका छन ।
हाललाई समस्या समाधान गरिएपनि बर्षा अवधिभर निरन्तर विद्युत आपुर्ती गर्न नसकिने उनको भनाई छ । यद्यपी आपुर्ती सहज पार्नका लागि ।आफुहरुले प्रयास गरीरहेको उनले बताए ।



