
गोकुलेश्वर । दार्चुलाका महकाली नगरपालिका ५ किम्तडी ठण्याकाठामा सडक चौडा पार्ने क्रममा खसेको पहिरोमा पुरिएर गम्भीर घाइते भएका स्काइभेटर चालकलाई हेलिकप्टरबाट उद्दार गरिएको छ ।
शुक्रबार(आज) विहान सडक चौडा पार्ने क्रममा सडक माथिबाट खसेको पहिरोमा परि स्काइभेटर अपरेटर जाजरकोटको जुलीचादे गाउँपालिका वडा नम्बर ११ घर भएका रेशम बुढा गम्भीर घाइते भएका थिए । घाइते बुढाको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागी हेलिकप्टर मार्फत कैलाली पठाइएको जिल्ला प्रशासन कार्यालय दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी हेमन्ती जोशीले बताए । घाइते चालकको उद्दारको लागी जिल्ला प्रशासन कार्यालय दार्चुलाले गृह मन्त्रालयलाई आग्रह गरेको उनले बताए। सुर्खेतबाट आएको नेपाली सेनाको हेलिकप्टर मार्फत बुढालाई थप उपचारको लागी कैलाली पठाइएको छ ।



