No.1 News Portal from Sudurpashchim Province
bajaj

मन्त्री भण्डारी : ४ सयको सिमेन्ट ८ सय रुपैयाँ भएको सत्य होइन

गोकुलेश्वर । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले ४०० को सिमेन्ट ८०० रुपैयाँ भएको सत्यता नभएको बताएका छन् ।

pm office

बुधवार प्रतिनिधिसभाअन्तर्गत सार्वजनिक लेखा समिति बैठकमा उनले सिमेन्टको मूल्य वृद्धिबारे उठेका प्रश्नको जवाफ दिँदै यस्तो बताएका हुन् ।
‘उद्योगको मूल्य लागतअनुसार फरक फरक छ । ४०० मूल्यको सिमेन्ट ८०० भएको सत्य होइन । हाल ओपीसीको ६५० र पीपीसी ७५० रुपैयाँसम्म छ,’ उनले भने, ‘५०– ७५ प्रतिशत मूल्य वृद्धि भएको भन्ने पनि सत्यता छैन । यसप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ ।’

सिमेन्टको मूल्य वृद्धिको विषयमा ४– ५ पटक छलफल भएको र अन्तिम पटक माघ ६ गते सहमति भएको उनले बताए । ढुवानीमा पनि मूल्य नबढेको तर लोडसेडिङले उत्पादनमा कमी भएको मन्त्री भण्डारीको भनाइ छ ।

‘निर्माण व्यवसायी र उद्योगी दुवैलाई सँगै राखेर र छुट्टाछुट्टै पनि बसेर छलफल गरेका छौँ,’ मन्त्री भण्डारीले भने, ‘उत्पादनमा अभाव र बजारमा अभावको विषयमा उद्योगी र निर्माण व्यवसायीसँगै राखेर, चाँडै टुङ्ग्याउँछौँ ।’  साथै हेटौँडा र उदयपुर सिमेन्ट घाटा खाएर बिक्री भइरहेको समेत मन्त्री भण्डारीले बताए ।साथै समितिले सिमेन्टको मूल्यवृद्धि नियन्त्रण गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिने निर्णय समेत गरेको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.