No.1 News Portal from Sudurpashchim Province
bajaj

छ महिनाको अवधिमा झन्डै चार लाख नेपाली वैदेशिक रोजगारीमा

गोकुलेश्वर । छ महिनाको अवधिमा झन्डै चार लाख नेपाली कामदार वैदेशिक रोजगारीमा गएका छन् । वैदेशिक रोजगार विभागका अनुसार साउनदेखि पुससम्म तीन लाख ९३ हजार ६७ जना नेपाली वैदेशिक रोजगारीमा गएका हुन् ।

pm office

मंसिरको तुलनामा पुसमा वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको सङ्ख्या भने घटेको छ । मंसिरमा ८४ हजार २२६ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएकोमा पुसमा ६७ हजार दुई सय ५८ जनाको मात्र श्रम स्वीकृति भएको छ ।
मंसिरको तुलनामा पुसमा झन्डै १७ हजारले कमी आएको हो । पुस महिनामा म्यानपावर कम्पनीमार्फत २९ हजार तीन सय १६ जना, नयाँ व्यक्तिगत श्रम स्वीकृतिमा १० हजार ८५ जना तथा श्रम स्वीकृति नवीकरणमार्फत २७ हजार दुई सय ३ जना वैदेशिक रोजगारीमा गएका छन् ।

यस्तै सरकारले पठाउने दक्षिण कोरिया तथा इजरायलमा छ सय ५५ जनाको श्रम स्वीकृति भएको छ । सबैभन्दा धेरै नेपाली कामदार यूएई र त्यसपछि साउदी अरेबिया र कतार जाने गरेका छन् ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.