No.1 News Portal from Sudurpashchim Province
bajaj

निङ्लासैनी आ. वि. नेगाउ बैतडीको ३२ औ बार्सिक उत्सब समारोह सम्पन्न

गोकुलेश्वर । निङ्लासैनी आ. वि. नेगाउ डिलासैनी ०६ बैतडीको ३२ औ बार्सिक उत्सब समारोह सम्पन्न भएको छ ।

बैतडीको डिलासैनी ०६ नेगाउमा अवस्थित निङ्लासैनी आ. वि. नेगाउ डिलासैनी ०६ बैतडीको ३२ औ बार्सिक उत्सब समारोह आज एक कार्यक्रमका बिच सम्पन्न भएको हो । बिद्यालयका बि. ब्य. स .अध्यक्ष नर बहादुर माल सभापति र डिलासैनी गाउपालिका का अध्यक्ष शन्तोश प्रकाश जोशी प्रमुख अतिथि रहेको कार्यक्रममा विद्यार्थी हरुले अन्तर सदानत्मक हाजिरी जवाफ, भलिबल प्रतियोगिता , बक्तृत्वकला ,लगायत आकर्षक नृत्यहरु प्रस्तुत गर्नु भएको थियो ।

pm office

साथै शैक्षिक सत्र २०८१ को अर्धबार्शिक परिक्षामा उत्कृष्ट बिद्यार्थिहरुलाई पुरस्कार दिनु भएको थियो । कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक मोहन बहादुर बोहराले 58,31,168.71 पैसा बराबरको आ. व. २०८०/८१ को आय ब्यय प्रस्तुत गर्नु भयो ।साथै बि ब्य स अध्यक्ष नर बहादुर मालले पालिका अध्यक्ष ज्यु लाई बिध्यालयमा भएका समस्या हरु हल गर्नको लागि ज्ञापनपत्रसमेत पालिका अध्यक्ष ज्युलाई पेश गर्नु भएको थियो ।

उक्त कार्यक्रममा बोल्दै गापा अध्यक्ष सन्तोष प्रकाश जोशिले यो आ .व .मा बिद्यालयको समस्या समाधान गर्न उचित पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

शिक्षक गोबिन्द सिह मालले संचालन गरेको कार्यक्रममा अभिभावकहरुको सक्रियता उल्लेखनीय रहेको थियोे ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.