No.1 News Portal from Sudurpashchim Province
bajaj

दार्चुलाको गोकुलेश्वर विमानस्थलमा शैल्यशिखर नगरपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरू

pm office

गोकुलेश्वर । दार्चुलाको गोकुलेश्वर विमानस्थलमा शैल्यशिखर नगरपालिकास्तरीय पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरू भएको छ । शैल्यशिखर नगरपालिका ९ स्थित निर्माणाधिन  गोकुलेश्वर विमानस्थलमा पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आज एक कार्यक्रमका बिच सुरु भएको हो ।

शैल्यशिखर नगरपालिकाभित्रका १४ वटा सामुदायिक र एउटा संस्थागत गरि कुल १५ वटा माध्यमिक विद्यालयको सहभागीता रहेको उद्घाटन सत्र अन्तर्गत मार्चपास केही महिना अगाडी मात्र माटो भरिएको धुलाम्य गोकुलेश्वर विमानस्थलमा संचालन गरिएको थियो ।
शैल्यशिखर नगरपालिका लगायत सरोकारवाला निकायलाई पटकपटक खेलमैदान ब्यवस्थापनको माग गरेपनि सुनुवाइ नहुदा गोकुलेश्वर विमानस्थलमा खेल संचालन गर्नुपर्ने अवस्था आएको स्थानीयले गुनासो पोखेका थिए ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.