गोकुलेश्वर । दार्चुलाको मार्मामा सञ्चालित पाँचौ गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ।

पुस १८ गते बाट शुरु भएको गाउँपालिका स्तरिय रनिङ शिल्ड प्रतियोगिता (आइतवार) आज सम्पन्न भएको हो । गाउँपालिकाका ८ वटा माध्यमिक विद्यालयको सहभागीता रहेको प्रतियोगितामा लटिनाथ माध्यमिक विद्यालय रस्कोट प्रथम भएको छ।
२४ स्वर्ण, १५ कास्य र ५ रजत पदक सहित लटिनाथ माध्यमिक विद्यालय रस्कोटले प्रथम त्यस्तै १३ स्वर्ण, १२ रजत र ८ कास्य पदक सहित तपोवन माध्यमिक विद्यालय पडपडा द्धितिय र ३ स्वर्ण ४ रजत र ९ कास्य पदक सहित अपिपथप्रर्दशक माध्यमिक विद्यालय सेरी तृतीय भएको शिक्षा ,युवा तथा खेलकुद शाखाले जनाएको छ।



