No.1 News Portal from Sudurpashchim Province
bajaj

बझाङमा छुट्टाछुट्टै जिप दुर्घटनामा पाँच जनाको मृत्यु

गोकुलेश्वर । बझाङमा छुट्टाछुट्टै जिप दुर्घटनामा एकै घरका तीनसहित पाँच जनाको मृत्यु भएको छ।

pm office

बझाङको मष्टा र तल्कोट गाउँपालिमा छुट्टाछुट्टै जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु  भएको हो। मृत्यु हुनेमा मष्टा गाउँपालिका–१ कोटदेवलमा जिप दुर्घटनामा परेर सुदूरपश्चिम प्रदेश ००१ ज १३९८ नम्बरको जिपका चालक मष्टा गाउँपालिका–१ रनाडाका ४२ वर्षीय धर्म थापा र तलकोट गाउँपालिकास्थित धमेनामा जिप दुर्घटना परेर एकै घरका ३ जनासहित ४ जनाको मृत्यु भएको छ।

बिहीवार राति तलकोट गाउँपालिकाबाट सदरमुकाम चैनपुर जाने क्रममा धमेना नजिकै से १ ज ८४३ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख युवराज भण्डारीले जानकारी दिए। उनका नुसार तीन जनाको घटनास्थलमा र एक जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो।

जिप चालक केदारस्यूँ गाउँपालिका–१ रायलका अन्दाजी ३३ वर्षीय शमशेर मल्ल, तलकोट गाउँपालिका–४ की ७२ वर्षीया जौमतीदेवी धामी र उनका छोरा ३६ वर्षीय बम्मबहादुर धामीको घटनास्थलमा नै मृत्यु भएको हो भने धामीकै नातिनी छ वर्षीया बालिका आकृति धामीको जिल्ला अस्पताल बझाङ लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी प्रमुख भण्डारीले बताएका छन् ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.