No.1 News Portal from Sudurpashchim Province
bajaj

दार्चुला : अध्यक्ष कप क्रिकेट प्रतियोगिताको उपाधि वडा नम्बर १ सर्मोलीलाई

गोकुलेश्वर । दार्चुलाको लेकम गाउँपालिका ३लालीमा सम्पन्न भएको प्रथम गाउँपालिका स्तरीय अध्यक्ष कप क्रिकेट प्रतियोगिताको उपाधि वडा नम्बर १ सर्मोलीको टिमले हात पारेको छ ।

pm office

लेकम गाउँपालिकाको वार्षिक स्वीकृत कार्यक्रम अनुसार आइतवार बाट गाउँपालिकाको वडा नम्बर ३ स्थित कृष्ण माध्यमिक विद्यालय लालीको खेल मैदानमा सञ्चालन भएको खेल आज सम्पन्न भएको हो ।

फाइनल खेलमा वडा नम्बर ३ लाली लाई पराजित गर्दै वडा नम्बर १ सर्मोली प्रथम भएको छ भने लेकम गाउँपालिका वडा नम्बर २ कुणीले तृतीय स्थान हात पारेको छ ।

प्रतियोगितामा गाउँपालिकाका छ वटै वडाबाट एक/एक टिम गरि ६ वटा टिमको सहभागीता रहेको थियोे ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.