No.1 News Portal from Sudurpashchim Province
bajaj

बैतडी र बझाङका दुई युवक खैरो हेरोइनसहित धनगढीबाट पक्राउ

pm office

गोकुलेश्वर । बैतडी र बझाङका दुई जना युवक खैरो हेरोइनसहित कैलालीको धनगढीबाट पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका–४ संचयकोष कार्यालय नजिकबाट बैतडीको दोगडाकेदार गाउँपालिका घर भई हाल धनगढी उपमहानगरपालिका–४ बस्ने २५ वर्षीय हेमन्त कार्की र बझाङको केदारस्यु गाउँपालिका–२ घर भई हाल धनगढी उपमहानगरपालिका–२ बस्ने २० वर्षीय पारस रावल पक्राउ परेका हुन्। ३२० मिलिग्राम खैरो हेरोइनसहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले बिहीवार दुबै जनालाई नियन्त्रणमा लिएको जनाएको छ।

 

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.