No.1 News Portal from Sudurpashchim Province
bajaj

जनकपुरलाई ८ विकेटले हराउँदै सुदूरपश्चिम एनपीएलको फाइनलमा

गोकुलेश्वर । जनकपुर बोल्ट्सलाई हराउँदै सुदूरपश्चिम रोयल्स पहिलो संस्करणको नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटको फाइनलमा पुगेको छ ।

आज भएको पहिलो क्वालिफायरमा सुदूरपश्चिमले जनकपुरलाई ८ विकेटले हरायो । जनकपुरले दिएको १ सय ४० रनको लक्ष्य सुदूरपश्चिमले १८ ओभर ३ बलमा २ विकेट गुमाएर भेटायो । सुदूरपश्चिमका विनोद भण्डारीले ५८, सेफ अली जेबले ३२ रन बनाए । जनकपुरका ललित राजवंशी र किशोर महतोले १ ।१ विकेट लिए ।

pm office

यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको जनकपुरले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३९ रन बनायो । जनकपुरका जेम्स नीशमले ४५ रन बनाए । सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले ३ विकेट लिए ।

अब जनकपुरले फाइनल प्रवेशका लागि भोलि दोस्रो क्वालिफायरमा कर्णाली याक्ससँग खेल्नेछ । यो खेलमा विजयी हुने टोलीले फाइनलमा सुदूरपश्चिमसँग खेल्नेछ । एनपीएलमा आज बिहान भएको इलिमिनेटरमा चितवन राइनोजलाई हराउँदै कर्णाली दोस्रो क्वालिफायरमा पुगेको छ ।

फाइनल खेल आउँदो शनिवार हुनेछ ।

 

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.