No.1 News Portal from Sudurpashchim Province
bajaj

कंचनपुरका विपिन जोशी जीवितै रहेको र छिटै काठमाण्डौ फर्किने इजरायली राजदूतको भनाइ

गोकुलेश्वर । अघिल्लो वर्ष इजरायलमा प्यालेस्टिनी समूह हमासको आक्रमणपछि बेपत्ता रहेका कञ्चनपुरका विपिन जोशी जीवितै रहेको इजरायलले बताएको छ । नेपालका लागि नवनियुक्त इजरायली राजदूत शमुलिक ए.वासले जोशी गाजा क्षेत्रमा जिउँदै रहेको सूचना पाएको बताउनुभएको हो ।

pm office

काठमाण्डौमा हिजो पत्रकारहरुसँग भएको भेटमा उहाँले विपिन छिट्टै काठमाण्डौ फर्किने विश्वास व्यक्त गर्नुभयो । विपिनलाई राखिएको ठाउँ भने अझै पहिचान भइनसकेको उहाँको भनाइ छ ।

हमासले विपिनसहित दुई सय ५१ जनालाई बन्धक बनाएर गाजा क्षेत्र लगेको थियो । त्यसमध्ये दुई पटक भएको युद्धविराममा एक सय पाँच जनालाई रिहा गरिएको थियो भने आठ जनालाई इजरायली सेनाले उद्धार गरेको थियो । विपिनसहित ९६ जना अझै हमासको नियन्त्रणमा रहेका र उनीहरुको रिहाईका लागि पहल भइरहेको राजदूतावासले बताउनुभयो ।

अमेरिकामा नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले शपथ लिनुअघि इजरायल र हमासबीच युद्धविराम सम्झौता गर्ने प्रयास भइरहेको छ । युद्धविरामको लागि कतारले मध्यस्थताको प्रयास गर्दै आएको छ ।

 

 

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.