
गोकुलेश्वर । दार्चुलाको दुहुँ गाउँपालिका –५ मा सम्पन्न उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार धनसिंह कुँवर विजयी भएका छन्।
कांग्रेसका उम्मेदवार कुँवरले खसेको कुल मत ८७७ मध्ये ३७६ मत प्राप्त गरी वडा अध्यक्ष पदमा विजय प्राप्त गरेका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार मानसिहं बडालले ३५८ मत प्राप्त गरेका छन् । यस्तै माओवादी केन्द्रका उम्मेदवार वीर सिंह कार्कीले ९८ मत र स्वतन्त्र उम्मेदवार लाल सिंह कुवँरले अर्ना चिन्हमा २५ मत प्राप्त गरेका छन्। जम्मा खसेको मतमध्ये २० मत बदर भएको छ ।
