No.1 News Portal from Sudurpashchim Province
bajaj

सरकारले नक्सा बनायो, बाटो बनाएन

नेपालीलाई गाउँ फर्किन भारतकै भर

गोकुलेश्वर।दार्चुलाको व्यास गाउँपालिका–१ स्थित छाङरु र तिंकरका स्थानीय थातथलोबाट सदरमुकाम खलंगा झर्न थालेका छ्न ।

उनिहरु चिसो छल्न सदरमुकाम झर्न थालेका हुन ।भारतीय अतिक्रमणमा परेको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रसँग जोडिएका छाङरु र तिंकरमा चिसो अत्यधिक बढेपछि त्यहाँका बासिन्दा सदरमुकाम झर्ने गर्छन् ।

तिंकर र छाङरुमा अल्पसंख्यक सौका समुदायको बसोबास छ । उनीहरू हिँउदका ६ महिना खलंगा बसाइँ सर्छन् । स्थानीय भाषामा उनीहरू यसलाई ‘कुञ्चा’ सर्नु भन्छन् ।

टिंकरका ३५ बढि परिवार खलंगा पुगेका छ्न ।उनिहरु पशुचौपायासहित खलंगा झरेका हुन् ।ब्यासको छाङ्गगरु गाउँमा १ सय ४० र टिंकरमा ७१ परिवारको बसोबास छ ।छाङ्गरुका ३५ परिवार मात्रै सदरमुकाम खलंगा पुगेका छन् । अन्य स्थानीयहरु पनी केहि समयपछी जिल्ला सदरमुकाम आईपुग्ने छ्न ।

छाङरु र तिंकरवसीलाई आफ्नै भूमि जान भारतको अनुमति लिनुपर्र्ने बाध्यता छ । नेपालतर्फबाट छाङरु र तिंकर जान बाटो नहुँदा स्थानीयले भारतीय बाटोको प्रयोग गर्ने गर्छन् । जाडो छल्न खलंगा झर्ने र गर्मी छल्न थातथलो चढ्ने पुरानै चलन हो । नेपाली भूमिमा बाटो नहुँदा भारतीय पक्षको अनुमति माग गरेर सदरमुकाम आवतजावत गर्नुपर्ने बाध्यता उनिहरुको छ ।

छाङरु र तिंकरवासीलाई सदरमुकाम आवातजावत गर्न नेपाली बाटो प्रयोग गरेर तीन दिनको जोखिमपूर्ण पैदल यात्रा गर्नुपर्ने हुन्छ । छाङरु र तिंकर पुग्न नेपालतर्फबाट बाटो छैन । बस्तुभाउसहित सदरमुकाम झर्ने त्यहाँका स्थानीय भारतीय बाटोकै प्रयोग गर्छन् ।

You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.