No.1 News Portal from Sudurpashchim Province
bajaj

इप्रका गोकुलेश्वरका इन्चार्ज इन्सपेक्टर ऐरी सम्मानित

इन्सपेक्टर ऐरीले गरेका थिए कार्तिक महिनामा उत्कृष्ट काम

गोकुलेश्वर। इलाका प्रहरी कार्यालय गोकुलेश्वरका इन्चार्ज एवं प्रहरी निरीक्षक किशोर सिंह ऐरी ‘कार्तिक महिनाको उत्कृष्ट प्रहरी'(BEST POLICE OF THE MONTH )अवार्डबाट सम्मानित भएका छ्न ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाले आइतबार एक कार्यक्रमका बिच प्रहरी निरीक्षक ऐरीलाई कार्तिक महिनाको (BEST POLICE OF THE MONTH) अवार्डबाट नगद सहित सम्मानित गरेको हो ।

यी काम गरेका थिए इन्सपेक्टर ऐरीले : 

इस्पेक्टर ऐरीले गत कार्तिक २० गते मार्मा गाउँपालिका-३ बिटुले स्थित लोकेन्द्रसिंह महरले संचालन गरेको केदारनाथ फेन्सी तथा किराना पसलमा लुकाई छिपाई राखेको २ किलो ६ सय १० ग्राम लागु औषध (चरेश) बरामद गरी पसल संचालक लोकेन्द्र सिंह महरलाई पक्राउ गरेका थिए ।

pm office

तस्तै, कार्तिक २३ गते ९ सय मिलिग्राम लागु औषध (खैरो हिरोईन) सहित २ जना र असोज ६ गते २ सय १६ ग्राम लागु औषध (चरेश) सहित २ जनालाई पक्राउ गरी कानुनी कारवाही गरेका थिए ।

त्यसैगरी कार्तिक २५ गते लेकम गाउँपालिका- ५ स्थित जयपुर मेलामा खटिई शान्ती सुरक्षाको भरपुर व्यवस्था मिलाएका थिए भने, सो जात्रामा कुनै कुनै कसिमको अप्रिय घटना घट्न दिएका थिएनन् ।

त्यस्तै, कार्तिक २९ गते नेपालकै सातौ धामको रुपमा मानिने मालिकार्जुन जात्रामा खटिई शान्ती सुरक्षाको भरपुर व्यवस्था मिलाएका थिए भने कार्तिक ३० गते बिहान ४ बजे शैल्यशिखर नगरपालिका-६ बजानीमा भएको जिप दुर्घटनामा तत्काल खटिई उद्धार र ब्यवस्थापनमा उत्कृष्ठ कार्य गरेका थिए ।

उनले आफ्नो जिम्मेवार वडा एरियामा मजबुद तरिकाले शान्ति सुरक्षा कायम राखी आम जन समुदायमा प्रहरी प्रतिसकारात्मक भावना जोगाउन सफल देखाएको र उनले गरेको उत्कृष्ट कार्य सम्पादनको उच्च मुल्याङ्कन गर्दै नगद पुरस्कार सहित २०८१ ‘कार्तिक महिनाको उत्कृष्ट प्रहरी’ (BEST POLICE OF THE MONTH) अवार्डबाट सम्मानित गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख एवं प्रहरी नयाव उपरीक्षक प्रकाश दाहालले बताए ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.