No.1 News Portal from Sudurpashchim Province
bajaj

दार्चुला : लेकम क्षेत्रकै प्रसिद्ध लटिनाथ मन्दिर जयपुरमा आज रात्रिकालीन जात्रा लाग्ने

गोकुलेश्वर । दार्चुलाको लेकम ५ लटिनाथ मन्दिर जयपुरमा आज रात्रिकालीन जात्रा लाग्ने भएको छ।

pm office

हरेक बर्ष कार्तिक शुक्लपक्षको नवमी तिथीमा लाग्ने जात्रा यस बर्ष कार्तिक २५ गते लाग्ने भएको हो । मन्दिर व्यवस्थापन समितिका अनुसार उक्त मन्दिरमा लाग्ने रात्रिकालीन जात्राको लागि आवश्यक तयारी पुरा भएको छ ।

रात्रीजात्रालाई सुरक्षीत र मर्यादित बनाउन प्रहरीले सुरक्षा व्यवस्थापनमा कडाइ गर्ने भएको छ । आज लेकमको जयपुरमा लाग्ने जात्राको लागि ६८ जना प्रहरी परिचालन हुने जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । जात्रामा अमर्यादित क्रियाकलाप तथा जाडरक्सी सेवन नर्गन नगराउन प्रशासनले आग्रह गरेको छ । जात्रा अवधिभरी मदिरा सेवन, बेचबिखन तथा ओसारपसार र जुवातास खेल्न खेलाउन रोक लगाइएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.