गोकुलेश्वर । दार्चुलाको गोकुलेश्वरमा लागुऔषधसहित २ जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा नौगाड गाउँपालिका–५ बस्ने १९ वर्षीय विरेन्द्र सिंह धामी र सोही गाउँपालिका–४ बस्ने २२ वर्षीय लोकेन्द्र सिंह ठगुन्ना रहेका प्रहरीले जनाएको छ।
अस्थायी प्रहरी पोष्ट गोकुलेश्वरबाट खटिएको प्रहरीले बैतडीबाट गोकुलेश्वर दार्चुलातर्फ आउँदै गरेको ग.३ च ३३५१ नम्बरको बोलेरो जिपलाई जाँच गर्ने क्रममा ९ सय मिलिग्राम लागुऔषधसहित दुबै जनालाई शुक्रबार बिहान प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।
