No.1 News Portal from Sudurpashchim Province
bajaj

दार्चुलाको मार्माबाट २ किलो ६ सय ग्राम चरेससहित पसल सञ्चालक पक्राउ

गोकुलेश्वर । दार्चुलाको मार्माबाट २ किलो ६ सय ग्राम लागूऔषध चरेससहित एक जना पक्राउ परेका छन् ।

pm office

जिल्लाको मार्मा गाउँपालिका ३ बिटुलेका ३० वर्षीय लोकेन्द्र महर लागूऔषध चरेससहित पक्राउ परेका हुन् । चरेस बिक्रीवितरण भइरहेको भन्ने विशेष सूचनाका आधारमा खानतलासी गर्दा मंगलवार राती साढे आठ बजेतिर निज महरको घररपसलबाट २ किलो ६ सय ग्राम चरेस फेला पारी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक कान्ति राज जोशीले जानकारी दिए ।

ईलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी निरीक्षक किशोर ऐरीको नेतृत्वमा खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।
पक्राउ परेका महरमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.