गोकुलेश्वर । दार्चुलाको शैल्यशिखर ७ लटिनाथ मन्दिर बन्तोलीमा आज रात्रिकालीन जात्रा लाग्ने भएको छ।

हरेक बर्ष कार्तिक शुक्लपक्षको द्वितीया तिथीमा लाग्ने जात्रा यस बर्ष कार्तिक १८ गते लाग्ने भएको हो । मन्दिर व्यवस्थापन समितिका अनुसार उक्त मन्दिरमा लाग्ने रात्रिकालीन जात्राको लागि आवश्यक तयारी पुरा भएको छ ।
रात्रीजात्रालाई सुरक्षीत र मर्यादित बनाउन प्रहरीले सुरक्षा व्यवस्थापनमा कडाइ गर्ने भएको छ ।आज शैल्यशिखरको बन्तोलीमा लाग्ने जात्राको लागि ५५ जना प्रहरी परिचालन हुने जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । जात्रामा अमर्यादित क्रियाकलाप तथा जाडरक्सी सेवन नर्गन नगराउन प्रशासनले आग्रह गरेको छ ।



