No.1 News Portal from Sudurpashchim Province
bajaj

२०७७/०७८ मा ५६ लाख २१ हजार मेट्रिक टन धान उत्पादन

गोकुलेश्वर। आर्थिक वर्ष २०७७र०७८ मा ५६ लाख २१ हजार मेट्रिक टन धान उत्पादन भएको छ । यस आर्थिक वर्षमा १४ लाख ७३ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिएको थियो । ती क्षेत्रफलमा गरिएको धान खेतीबाट ५६ लाख २१ हजार मेट्रिक टन धान उत्पादन भएको कृषि विभागकी निमित्त महानिर्देशक जानुका पण्डितले बताए।

pm office

अठारौँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवको पूर्वसन्ध्यामा कृषि विभागले आइतवार कार्यालय परिसरमा पत्रकार सम्मेलन गर्दै अघिल्लो वर्षको धानको उत्पादनको सम्बन्धमा बताएको हो । विभागले यस वर्ष अघिल्लो वर्षको तुलनामा धानको क्षेत्रफलमा एक प्रतिशत र धान उत्पादनमा एक दशमलव ३ प्रतिशतले वृद्धि भएको जनाएको छ ।

देशमा धानको उत्पादन वृद्धि गरी खाद्य सुरक्षाको अवस्था सुधार गर्न, धानमा आत्मनिर्भर बन्न र उत्पादनलाई उद्योगसँग जोड्दै रोजगारी र आयमा वृद्धि गर्न सकिने आधारहरू रहेको बताए। पछिल्लो ३० वर्षमा धान उत्पादनमा ६० प्रतिशत र उत्पादकत्वमा झन्डै ५९ प्रतिशत वृद्धि भएको पनि विभागकी निमित्त महानिर्देशक पण्डितले बताए।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.