No.1 News Portal from Sudurpashchim Province
bajaj

पन्ज्युनयाँ क्रिकेट लिग : बस्कोट सुपर किङ्स सहित ४ टोली सेमिफाइनलमा

गोकुलेश्वर । बैतडीको दोगडाकेदार गाउँपालिका ६ पन्ज्युनयाँमा जारी तेस्रो संस्करणको पन्ज्युनयाँ क्रिकेट लिगमा बस्कोट सुपर किङ्स सहित ४ टोलीले सेमिफाइनलको यात्रा तय गरेका छन् ।

आज सम्पन्न क्वाटरफाइनलको अन्तिम खेलमा बस्कोट सुपर किङ्स बी ले जीत हासिल गरे संगै ४ टोली सेमिफाइनल पुगेका हुन।

बस्कोटले शुसितम युवा क्लब बी टिमलाई २ विकेटले हरायो । शुसितमले दिएको ११३ रनको लक्ष्य बस्कोटले १४ं.२ ओभरमा ८ विकेटको क्षतीमा पूरा गर्यो ।
यसअघि पहिला ब्याटिङ गरेको शुसितमले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा ११२ रन बनायो।

आजै बिहान हुने भनिएको अर्को क्वाटरफाइनल खेलमा चम्तडी स्टार उपस्थित नभएपछि वाक ओभर पाएर आयोजक शुसितम युवा क्लब ए टिम अन्तिम चारमा सुरक्षित भयो।

pm office

हिजो सम्पन्न दुई क्वाटरफाइनलबाट बस्कोट सुपर किङ्स ए र हुनैनाथ मालिकार्जुन क्रिकेट क्लब सेमिफाइनल प्रवेश गरिसकेका छन्।

यसैबीच सेमिफाइनल खेलहरू आइतबार हुनेछन् । पहिलो सेमिफाइनलमा बस्कोट सुपर किङ्स ए र हुनैनाथ मालिकार्जुन क्रिकेट क्लब भिड्ने छन् भने दोस्रोमा आयोजक शुसितम युवा क्लब ए र बस्कोट सुपर किङ्स बी आमनेसामने हुनेछन् ।

असोज २९ गतेदेखि शुरू भएको प्रतियोगिताको फाइनल खेल कात्तिक १२ गते हुने आयोजक शुसितम युवा क्लबका अध्यक्ष वीरसिंह कार्कीले बताए ।

उपाधि विजेता टोलीले नगद १ लाख ५५ हजार ५५५ ट्रफी,मेडल र प्रमाणपत्र पुरस्कार पाउने आयोजक शुशितम युवा क्लबका अध्यक्ष वीरसिंह कार्कीले बताए ।

यस्तै उपविजेता टोलीले नगद ५५ हजार ५५५ ट्रफी,मेडल र प्रमाणपत्र पुरस्कार दिइनेछ।
यसका साथै सेमिफाइनलबाट बाहिरिने टोलीहरूलाई सान्त्वना स्वरूप १०र१० हजार, सर्बोत्कृष्ट खेलाडीले ११ हजार १११,सर्बोत्कृष्ट ब्याटर र बलरले समान ७ हजार ७७७ ,उदयीमान खेलाडीलाई ३ हजार ३३३, प्रत्येक खेलका उत्कृष्ट खेलाडीले १ हजार १११ पुरस्कार पाउने जनाएको छ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.