No.1 News Portal from Sudurpashchim Province
bajaj

पन्ज्युनयाँ क्रिकेट लिग असोज २९ गते मन्त्री द्वोय भण्डारी र पालबाट उदघाट्न हुने

गोकुलेश्वर । बैतडीको दोगडाकेदार गाउँपालिका ६ पन्ज्युनयाँमा सञ्चालन हुने तेस्रो संस्करणको पन्ज्युनयाँ क्रिकेट लिग असोज २९ गते (भोलि )देखि शुरू हुदैछ ।

दोगडाकेदार गाउँपालिकाको प्रायोजन तथा शुशितम युवा क्लबको आयोजना हुने प्रतियोगिताका खेलहरू दोगडाकेदार गाउँपालिका ६ स्थित पन्ज्युनयाँ खेलमैदानमा सञ्चालन हुनेछन्।

प्रतियोगिताको उद्घाटन एक भव्य कार्यक्रम गरेर गरिने आयोजक शुशितम युवा क्लबका अध्यक्ष विर सिह कार्कीले बताए।

उद्घाटन समारोहमा उद्योग,वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी प्रमुख अतिथि रहने कार्यक्रम रहेको छ।
यस्तै सुदूरपश्चिम प्रदेशका भौतिक पुर्वाधार विकासमन्त्री सुरेन्द्र पाल,दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्र कार्की,उपाध्यक्ष पार्वती कार्की लगायतका विशिष्ट व्यक्तिहरूको पनि उद्घाटन समारोहमा उपस्थिति रहनेछ ।

pm office

उद्घाटन समारोहपश्चात पहिलो खेलमा बस्कोट सुपर किङ ए र लेकम स्टार्स भिड्ने शुशितम युवा क्लबका अध्यक्ष विर सिह कार्कीले बताए।
कात्तिक १२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १९ टोलीको सहभागीता रहनेछ ।
सहभागी हुने टोलीलाई ४ समूहमा विभाजन गरिएको छ। लिग चरणका खेलहरू १२ ओभर र क्वाटरफाइनलपछिका खेलहरू २० ओभरका हुनेछन् ।

सहभागी हुने टिमले ४ जना विदेशी खेलाडी समेत राख्न पाउने र इम्प्याक्ट खेलाडीको पनि व्यवस्था रहेको छ। खेल टेनिस बलले खेलाइने र एलबीडब्लू आउट लागु नहुने आयोजकले जनाएको छ।

प्रतियोगिताको विजेता टोलीले नगद १ लाख ५५ हजार ५५५ ट्रफी,मेडल र प्रमाणपत्र पुरस्कार पाउने आयोजक शुशितम युवा क्लबका अध्यक्ष वीरसिंह कार्कीले बताउनुभयो ।

यस्तै उपविजेता टोलीले नगद ५५ हजार ५५५ ट्रफी,मेडल र प्रमाणपत्र पुरस्कार दिइनेछ।

यसका साथै सेमिफाइनलबाट बाहिरिने टोलीहरूलाई सान्त्वना स्वरूप १०।१० हजार, सर्बोत्कृष्ट खेलाडीले ११ हजार १११,सर्बोत्कृष्ट ब्याटर र बलरले समान ७ हजार ७७७ ,उदयीमान खेलाडीलाई ३ हजार ३३३, प्रत्येक खेलका उत्कृष्ट खेलाडीले १ हजार १११ पुरस्कार पाउने जनाएको छ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.