No.1 News Portal from Sudurpashchim Province
bajaj

निङ्गलाशैनी भगवती लगायत बैतडीका शक्तिपीठहरुमा जात्रा शुरु

गोकुलेश्वर । बैतडीका प्रसिद्ध शक्तिपीठ मध्येको निङ्गलाशैनी, काफ्लासैनी लगायतका भगवती मन्दिरमा जात्रा शुरु भएको छ । दशरथचन्द नगरपालिका–२ देहीमाण्डौंस्थित निङ्गलाशैनी भगवती मन्दिरमा हिजोदेखि जात्रा शुरु भएको हो ।

घटस्थापनाका दिनदेखि नित्य पूजाआराधना हुँदै आएको मन्दिरमा आजदेखि जात्रा शुरु हुने र भोलि महाष्टमीका दिन बलिसहित जात्रा समापन हुने मन्दिरका भण्डारे चक्रबहादुर बोहराले बताए ।

pm office

यो बर्ष चौथी तिथि वृद्धि भएकाले महाष्टमी र महानवमी एकैदिन परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । सोही अनुसार निङ्गलाशैनी भगवती मन्दिरमा पनि हिजो महासप्तमी र आज महाष्टमी मानिएको बोहराले बताए ।

निङ्गलाशैनी भगवती मन्दिरमा महासप्तमीका दिन बलिका लागि राँगा बाँध्ने र महाष्टमीका दिन राँगाको बलि दिने प्रचलन रही आएको छ । हरेक बर्ष शरदीय नवरात्रको महासप्तमी र महाष्टमीको दिन निङ्गलाशैनी भगवती मन्दिरमा ठूलो जात्रा लाग्ने गर्दछ ।

निङ्गलाशैनी भगवतीको दर्शनका लागि हजारौं दर्शनार्थीहरु मन्दिरमा पुगिसकेका छन् । नेपालका मात्रै नभएर सीमावर्ती भारतीय क्षेत्रबाट समेत दर्शनार्थीहरु आएका भण्डारे बोहराले बताए । यो जात्रामा तीन–चार सय राँगाको बलि हुने गर्दछ ।

निङ्गलाशैनी भगवती मन्दिरमा लागेको जात्रालाई व्यवस्थित बनाउन मेला व्यवस्थापन समितिले स्वयंसेवक खटाएको छ भने स्थानीय प्रशासनले पनि मेला सुरक्षा अन्तर्गत सुरक्षाकर्मी परिचालन गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक जनकराज ढुंगानाले बताए ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.