No.1 News Portal from Sudurpashchim Province
bajaj

दार्चुलाको गोकुलेश्वरमा एक किशोरी मृत फेला

गोकुलेश्वर । दार्चुलाको शैल्यशिखर नगरपालिका –९ गोकुलेश्वमा एक किशोरी झुण्डिएको अवस्थामा मृत फेला परेकी छन।

pm office

मंगलबार विहान करिब ६ बजे शैल्यशिखर नगरपालिका–९ मा रहेको चौलानी बर्डिङ स्कुलका संचालक बासु देब जोशी को घरको कोठा भित्र १९ वर्षीया किशोरी बबिता ठगुन्ना दोपट्टाले आफुले सुत्ने कोठाको पंखामा झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।

जिल्लाको नौगाड गाउँपालिका–३ घर भएकी ठगुन्ना कोठा भाडामा लिएर गोकुलेश्वरमा बस्दै आएकी थिइन् ।घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.