No.1 News Portal from Sudurpashchim Province
bajaj

कञ्चनपुरमा खाजा खानेक्रममा विवाद हुँदा एक युवकमाथि खुकुरी प्रहार

गोकुलेश्वर । कञ्चनपुरमा एक युवकमाथि खुकुरी प्रहार गरिएको छ।

pm office

जिल्लाको बेलौरी नगरपालिका–२ का ३२ वर्षीय तिलक पाण्डेले पुनर्वास नगरपालिका–१ बलभद्र बस्तीका ३० वर्षीय प्रेम तामाङमाथि खुकुरी प्रहार गरेका हुन्।

एक होटलमा खाजा खानेक्रममा दुई जनाबीच आपसमा विवाद हुँदा तिलकले प्रेममाथि खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ। तिलक सोहि होटलमा काम गर्छन भने तामाङ खाजा खान गएका थिए। खुकुरी प्रहारबाट घाइते भएका तामाङको पुनर्वास–३ स्थित बिएन पोलिक्लिनिकमा उपचार भइरहेको छ।

खुकुरी प्रहार गर्ने पाण्डेलाई भारततर्फ जाँदै गरेको अवस्थामा सीमानाका नजिकैबाट इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीको प्रहरी टोलिले नियन्त्रणमा लिएको र घटनाबारे थप अनुसन्धान
भइरहेको जनाएको छ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.