No.1 News Portal from Sudurpashchim Province
bajaj

आज हरितालिका तिज मनाइँदैै

गोकुलेश्वर । आज हरितालिका तिज मनाइँदै छ। दार्चुला र बैतडीसहित सुदूरपश्चिमभरी नै धुमधामसँग यो पर्व मनाइँदैछ।

भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदैछ। भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ। व्रतालु महिलाहरु विहानैदेखि पुजापाठमा लागेका छन्।

pm office

धर्मशास्त्रीय रुपमा महिला र पुरुष दुवैले हरितालिका तिजको व्रत गर्नुपर्ने भएपनि सामाजिक चर्चा भने महिलाले श्रीमानको दीर्घायुको कामनाका लागि गर्ने बुझाइ छ। आजको दिन महिलाहरूले निराहार पानीसमेत नखाइ व्रत गर्ने र भगवान् शिवको पूर्जा—अर्चना र उपासना गर्छन्।

तिजमा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याण र पतिपत्नीको दीर्घायु प्राप्ति हुने धार्मिक विश्वास छ। व्रत गर्ने पुरुषले विधुर हुनु नपर्ने, नारीले अटल सौभाग्य र अविवाहित पुरुष, महिलाले गुण सम्पन्न वर वा वधु पाउने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद्हरु बताउँछन्।

सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर महादेवलाई पति पाउने वरदान पाएको विश्वासमा यो व्रत सुरु भएको पौराणिक मान्यता छ। सत्ययुगमा हिमालयपुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर महादेवलाई पति पाउने वरदान पाएको विश्वासमा यो व्रत आरम्भ भएको पौराणिक मान्यता छ।

बिहीबार दर खाएपछि औपचारिक रुपमा सुरु हुने तिज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ। तृतीयाका दिन हरितालिका व्रत, चौँथीका दिन, गणेश भगवान्को पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरी तिज समापन हुन्छ। तिजलाई नेपाली नारीले मौलिक पर्वका रुपमा मनाउने गरेका छन्।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.