गोकुलेश्वर। दार्चुलाको शैल्यशिखर नगरपालिकाले आगामी आर्थीक वर्ष २०७८/०७९ का लागी ५३ करोड ८४ लाख ५६ हजारको बजेट बिनियोजन गरेको छ । नवौँ नगर सभा मार्फत उप–प्रमुख राजमती बम पालले आगामी आर्थिक बर्षको बार्षिक कार्य योजना सार्वजनिक गरेकी हुन् ।

आन्तिरीक आय अनुमानितबाट १ करोड ५० लाख, संघीय वित्तीय समानीकरणबाट १३ करोड ६७ लाख, प्रदेश वित्तिय समानीकरणबाट १ करोड, राजश्व बाडफाडबाट, ७ करोड ३८ लाख, प्रदेश सरकार राजस्व बाँडफाँडबाट ३६ लाख ९७ हजार, नेपाल सरकार सशर्त अनुदानबाट चालु २३ करोड ६७ लाख, नेपाल सरकार सशर्त अनुदानबाट पुँजीगत २ करोड २४ लाख, संघिय बिषेश अनुदानबाट १ करोड ५८ लाख, प्रदेश बिषेश अनुदानबाट ५० लाख, प्रदेश सवारी साधन करबाट ३६ लाख ९७ हजार गरी कुल अनुमानित रु ५३ करोड ८४ लाख ५६ हजारको बजेट नगर उप–प्रमुख राजमती बम पालले नगर सभामा प्रस्तुत गरेकी हुन् ।
नगरपालिकाले केही पुरानै योजनालाई निरन्तरता दिएको छ भने आगामी आर्थिक बर्षका लागि योजना थप गरेको छ ।विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भारसरका कारण उत्पन्न परिस्थितीको समाधान गर्ने नगरपालिकाको निती तथा कार्यक्रमा समावेस गरिएको छ । यसका साथै नगरपालिकाले कृर्षि, शिक्षा, स्वास्थय, रोजगारी तथा कोभिड नियन्त्रणलाई प्राथमिकतामा राखेको छ ।



