No.1 News Portal from Sudurpashchim Province
bajaj

एसएसपी बिष्ट सेवानिवृत्त

गोकुलेश्वर । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी दिल्लीराज बिष्ट अनिवार्य अवकाशमा गएका छन्।

pm office

आइतवारबाट बिष्टसहित सुदूरपश्चिमका १३ जना प्रहरी अधिकृत अवकाशमा गएका हुन्। सर्वोच्च अदालतबाट तत्काललाई ३० वर्षे सेवाअवधि कायम हुने आदेश भएपछि आइतवारबाट उनीहरू अवकाशमा गएका हुन्।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत एसएसपी बिष्टसहित अवकाश पाएका प्रहरी अधिकृतहरूलाई डिआईजी रविन्द्र केसीसहितका प्रहरी अधिकारीहरूले बिदाइ गरेका थिए।
दार्चुलाको शैल्यशिखर नगरपालिका ९ गोकुलेश्वर घर भएका बिष्ट कुशल अफिसरका रुपमा परिचीत छन् । उनले विगतको इमान, धर्म र ज्ञानलाई समाजसेवामा उपयोग गर्ने बताएका छन्।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.