No.1 News Portal from Sudurpashchim Province
bajaj

भरुवा बन्दुकसहित डडेल्धुरामा २ जना पक्राउ

गोकुलेश्वर । डडेल्धुरामा भरुवा बन्दुकसहित २ जना पक्राउ परेका छन्।

pm office

जिल्लाको आलिताल गाउँपालिका–६ धिमडास्थित सडकबाट एकनाले भरूवा बन्दुक र सोही बन्दुकमा लाग्ने २ थान सिसाको गोलीसहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो। आलिताल गाउँपालिका–६ फल्ले खर्कका ५१ वर्षीय बिरबहादुर कुँवर र ४३ वर्षीय कर्णबहादुर कुँवर पक्राउ परेका हुन्।

अस्थायी प्रहरी पोष्ट धिमडाबाट खटिएको प्रहरीले उनीहरूलाई बन्दुकसहित नियन्त्रणमा लिएको हो। यस विषमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.