No.1 News Portal from Sudurpashchim Province
bajaj

आज गौरा पर्वको मुख्य दिन ‘अठ्यावाली’

गोकुलेश्वर । सुदूरपश्चिमको महान चाड गौरा अन्तर्गत आज अठ्यावाली मनाइँदैछ । हिजो गौराघरमा भित्र्याएको गौरालाई आज गौरा खलामा लगेर ब्रतालु महिलाहरुले पूजाआजा गर्ने गर्दछन् ।

बिरुडापञ्चमीका दिन भिजाएका बिरुडाले गौरादेवीको पूजाआजा गर्ने चलन रही आएको छ । ब्रतालु महिलाहरुले भगवान गौरा –महेश्वरमा आधारित सगुन फाग गाएर गौरादेवीको पूजा गर्ने गर्दछन् ।

pm office

ब्रतालु महिलाहरुले दिनभरी गौरादेवी पूजाआजा गरी आजै दुबधागो समेत धारण गर्ने परम्परा रही आएको छ । ब्रतालु महिलाहरुले गौरादेवीको पूजन गरिसकेपछि गौराको प्रसादको रुपमा रहेको बिरुडाले आफ्ना श्रीमान, छोराछोरी, आफन्त तथा मान्यजनहरुको टाउको पुज्ने चलन रही आएको छ ।

दिनभरी गौरा र महेश्वरको उत्पत्ति,गौरा र महेश्वरको हुर्काइ, बढाई, गौरा र महेश्वरको विवाह प्रसंग लगायतका कुराहरुमा अठ्यावालीमा समेट्ने गरिन्छ । यस्तै गौरा र महेश्वरको विवाहमा देवीदेवता र ऋषिहरुको आगमन भएको प्रसंग पनि अठ्यावालीमा ब्रतालु महिलाहरुले फागमार्फत समेट्ने गरेका छन् ।

अठ्यावाली सकिएपछि गौरामा चढाएका फलफूहरु गौराको प्रसादको रुपमा सबैको हातहातमा पुगोस् भनेर फल फट्काउने चलन समेत रही आएको छ ।

ब्रतालु महिलाहरुले पुरानो दुबधागो फेरेरआजै नयाँ दुबधागो धारण गर्ने गर्दछन् । यस्तै गौरापर्वको अवसरमा विभिन्न देवीदेवताका गाथामा आधारित ठाडो खेल, ढुस्को, धमारी खेल्ने चलन रही आएको छ । यस्तै सामूहिक रुपमा देउडा खेल्ने चलन समेत रही आएको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.