No.1 News Portal from Sudurpashchim Province
bajaj

शैल्यशिखरका ‘घुसखोर’ कृषिका कर्मचारीहरुले घुस खाएको पुष्टि,विशेष अदालतमा मुद्दा

गोकुलेश्वर।दार्चुलाको शैल्यशिखर नगरपालिकाका कृषि प्राविधिक अधिकृत मोहनसिंह र कृषि नायव प्राविधिक सहायक अशोकसिंह धामीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुर कार्यालयबाट खटिएको टोलीले गत असार ३१ गते उनीहरुलाई घुससहित नियन्त्रणमा लिएको थियो।

pm office

उनीहरूले कृषि समूहको बिल भुक्तानी गर्दा कमिशन वापत सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा मोहन सिंह धामी र अशोक सिंह धामीलाई सेवाग्राहीबाट नगद रु.४,१२,०००।–(चार लाख बाह्र हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकम र अशोक सिंह धामीको नाममा काटिएको रु.२,५०,०००।– (दुई लाख पचास हजार रुपैया) को २ (दुई) वटा गरी रु.५,००,०००।– (पाँच लाख) को चेकसहित नियन्त्रणमा लिइएको थियो।

कृषि प्राविधिक अधिकृत धामी र कृषि नायव प्राविधिक सहायक धामीले कृषि सामाग्री वापत भुक्तानी गर्नुपर्ने रकमको चेकहरु शैल्यशिखर नगरपालिका अन्तर्गतका कृषक समूहबाट संकलन गरी आफूसँग राखी भुक्तानी गर्नको लागि सेवाग्राहीसँग घुस/रिसवत माग गरी रु.४,१२,०००।–(चार लाख बाह्र हजार रुपैयाँ) नगद र प्रतिवादी अशोक सिंह धामीको नाममा काटिएको रु.२,५०,०००।- दरको थान-२ चेकहरूको हुने रु.५,००,०००।-(पाँच लाख रुपैयाँ) गरी जम्मा  रु.९,१२,०००।- (नौ लाख बाह्र हजार रुपैयाँ) घुस लिएको पुष्टि भएको छ ।

मोहन सिंह धामी र अशोक सिंह धामीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (ङ) बमोजिमको कसुरमा बिगो रु.९,१२,०००- (नौ लाख बाह्र हजार रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (ङ) बमोजिम कैद गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजाय हुन मागदाबी लिई विशेष अदालत, काठमाडौंमा हिजो आरोप-पत्र दायर गरिएको छ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.