No.1 News Portal from Sudurpashchim Province
bajaj

आज धौलीगंगा बाँध खोलिदै, सतर्कता अपनाउन आग्रह

pm office

गोकुलेश्वर । आज शनिबार भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत परियोजनाको बाँध खोलिने भएको छ । एनएचपीसी लिमिटेड र धौलीगंगा पावर स्टेशनले परियोजनाको बाँध आज विहान ८ बजेदेखि भदौ २ गते बेलुकासम्म खोलिने जनाएको छ ।

बाँध खोलेका समयमा महाकाली नदीको जलस्तर केही घण्टा बढ्ने भएकोले सतर्कता अपनाउन आग्रह गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिए ।
दार्चुलादेखि बैतडी, डडेल्धुरा, कञ्चनपुर भएर भारततिर बग्ने महाकालीमा पानीको बहाव र सतह बढ्न सक्ने भएका कारण नदी छेउछाउमा नजान र सतर्कता अपनाइ राख्न स्थानीय प्रशासनले अनुरोध गरेको हो ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.