No.1 News Portal from Sudurpashchim Province
bajaj

सुदूरपश्चिमका पहाडी समुदायमा आज गौरा एकादशी मनाइँदै

गोकुलेश्वर । दार्चुला सहित सुदूरपश्चिमका पहाडी समुदायमा आज गौरा एकादशी पर्व मनाइँदैछ। हरेक वर्षको साउन शुक्ल एकादशी अर्थात पुत्रदा एकादशीलाई गौरा एकादशी पर्वको रूपमा मनाउने गरिएको छ। आजको दिन गौरा उपासना गर्ने महिलाहरुले ब्रत बस्ने गर्दछन्।

गौरा पर्व उपासना गर्ने ब्रतालु महिलाहरुले गौरा एकादशीको ब्रत बस्नुपर्ने परम्परा रही आएको लेकम गाउँपालिका–६ की तुलसी नाथले बताउनुभयो। पहिलोपटक गौराको ब्रत लिने महिलाहरूले अनिवार्य रूपमा गौरा एकादशीको ब्रत उपासना गर्नुपर्ने परम्परा रहेको उनले बताउनुभयो।

pm office

गौरा उपासना गर्ने महिलाहरुले आज ब्रत बसेर साँझको समयमा पूजाआजा गर्ने चलन रही आएको छ । गौरामा दुवधागो धारण गर्ने ब्रतालु महिलाहरुले गौरा एकादशीबाटै गौरा पर्व शुरुवात भएको मान्ने गरिएको छ ।

गौरा एकादशी र जनैपूर्णिमा अघि दुबधागो धारण गर्ने परम्परा नरहेकाले भाद्र शुक्ल अथवा कृष्ण पक्षमा मात्रै गौरा पर्व मनाउने चलन रही आएको स्थानीय संस्कृतिका जानकारहरु बताछन।

श्रावण शुक्ल एकादशी अर्थात पुत्रदा एकादशीलाई नै गौरा एकादशीको रूपमा मान्ने गरिएको छ। सन्तान प्राप्ति, सन्तान सुख, पारिवारिक शान्ति र समृद्धिका लागि गौरा पर्व मनाइने भएकाले पुत्रदा एकादशीलाई गौरा एकादशीको रूपमा मान्ने गरिएको जनविश्वास रही आएको छ।

हरेक वर्ष भाद्र शुक्ल अथवा कृष्ण पक्षको पञ्चमी तिथीबाट गौरा पर्व शुरु हुने गर्दछ। त्योभन्दा अगाडि साउन शुक्ल एकादशीलाई गौरा एकादशीको रूपमा ब्रत बस्ने चलन रही आएको हो। भाद्र शुक्ल पक्षमा परेको गौरालाई उजेली गौरा र भाद्र कृष्ण पक्षमा परेको गौरालाई अँधेरी गौरा भन्ने चलन रही आएको छ। यो वर्ष भाद्र कृष्ण पक्षमा गौरा परेको छ। यो वर्षको गौरा भदौ ७ गतेदेखि शुरु हुँदैछ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.