गोकुलेश्वर। सेति प्रादेशिक अस्पतालमा बिगत दुई वर्ष देखि दुवै मृगौलामा समस्या आएर उपचार गराई रहेका दार्चुला जिल्ला नौगाड गाउँपालिका – ६ धुलिगडाका अर्जुन सिंह धामिलाई सच्चा राष्ट्र सेवक ग्रुपले आर्थिक सहयोग गरेको छ ।
दुई वर्ष देखि धनगढीको सेति प्रादेशिक अस्पतालमा उपचाररत अर्जुन सिंह धामीलाई सच्चा राष्ट्र सेवक ग्रुपले ४ लाख आर्थिक सहयोग सङ्कलन गरी मृगौला पिडित धामीलाई हस्तांतरण गरेको हो ।

उक्त रकमबाट नौगाड गाउँपालिका -६ का एक जना अर्का मृगौला पिडित लाल सिहं धामिको दुखद् निधन भएको हुनाले उनको मितृआत्मा प्रति चिर शान्तिको कामना र सोकाकुल परिवार प्रति समवेदना प्रकट गर्दै क्रिया खर्च वाफत रु बिस हजार हस्तांतरण गरेको अभियान्ता गगन सिहं धामीले बताए ।
मृगौला पिडित अर्जुन धामीको पारिवारिक आर्थिकअवस्था नाजुक भएका कारण सहयोग गर्न चाहने सहयोगी हातहरुका लागि Global ime बैंकको k107010005592 खाता नं मा आर्थिक सहयोग गरि दिन अनुरोध गरिएको छ ।
प्रत्यक्ष रुपमा सहयोग गर्न चाहने महानुभाबहरुका लागि उनको मोवाइल नं 9845317147 र उनकी पत्नीको सम्पर्क फोन नम्बर 9864799947 पनि सार्वजानिक गरिएको छ ।



