No.1 News Portal from Sudurpashchim Province
bajaj

देखतभुलि स्वास्थ्य चौकी: एउटै बेड, डेलिभरी हुन पालो कुर्नुपर्छ

पूर्व मुख्यमन्त्री रावलको पहलमा स्वास्थ्य सामाग्रि उपलब्ध

कञ्चनपुर। सुदूरपश्चिमका पूर्व मुख्यमन्त्री राजेन्द्र सिंह रावल सोमबार लालझाडी गाउँपालिकाको बाढीग्रस्त क्षेत्रको अनुगमन क्रममा वडा नं. ५ स्थित देखतभुलि स्वास्थ्य चौकी पुगे ।

त्यहाँस्थित बर्थिङ सेन्टरमा कार्यरत अनमि बिनिता बोहराले समस्याहरु सुनाइन, ‘सुत्केरी र कुरुवा बस्ने एउटै कोठा हुँदा निक्कै समस्या हुने गरेको छ, अर्को तर्फ डेलिभरी बेड पनि एउटै छ, सँगै जसो अर्को सुत्केरी आउँदा कहाँ राखेर डेलिभरी गराउने ?’

बर्थिङ सेन्टरमा कोठा अभावले गर्दा सुत्केरीहरुले निक्कै सकस खेप्नुपर्छ । अर्कोतर्फ डेलिभरी बेडलगायत आवश्यक उपकरण र स्वास्थ्य सामाग्रिको पनि उस्तै समस्या छ ।

लालझाडी गाउँपालिका, कृष्णपुर र शुक्लाफाँटा नगरपालिकाका ५ वडाका १२ हजार भन्दा बढी स्थानीयलाई उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको यो स्वास्थ्य चौकीमा औषधि र उपकरणको अभाव रहेको सिनियर अहेब लिलाकान्त झाँले पूर्व मुख्यमन्त्री रावललाई जानकारी गराए ।

स्वास्थ्य चौकीका सिनियर अहेब झाँले ३ हजार ४ सय ८ जनसंख्यालाई सेवा दिने उद्धेश्यले स्थापना गरिएको चौकीले अहिले तीन पालिकाको ५ वडाका १२ हजार भन्दा बढीलाई वार्षिक सेवा प्रदान गरिरहेको र सबैभन्दा चर्को समस्या बर्थिङ सेन्टरमा भएको सुनाए ।

pm office

पूर्व मुख्यमन्त्री रावलले स्वास्थ्य चौकीबाटै धनगढीस्थित स्वास्थ्य आपुर्ति ब्यबस्थापन केन्द्रका प्रमुख डा. निरज अर्याललाई टेलिफोन सम्पर्क गरी समस्या अवगत गराएपछि आपुर्ति ब्यबस्थापन केन्द्रले मंगलबार अत्यावश्यक स्वास्थ्य सामाग्रि र औषधि प्रदान गरेको छ ।

स्वास्थ्य चौकी प्रमुख झाँका अनुसार तत्कालका लागि आपुर्ति केन्द्रले डेलिभरी बेड, ट्रली र निडल कटर एक–एक थान उपलब्ध गराएको छ । यस्तै अक्सिटोसिन इन्जेक्सन २ सय, मेडावोन सय, सर्जिकल ग्लोब हजार जोडी, क्याउला १ सय ५० पिसलगायत बिभिन्न थरीका औषधिहरु उपलब्ध भएको छ ।

यस्तै अटोक्लेभ मेसिन, बेड, स्क्रीन पर्दा, एनालाइजर, विपि सेटलगायतका सामाग्रिहरु उपलब्ध गराउन आर्पुति केन्द्र प्रमुख अर्यालले जिल्ला स्वास्थ कार्यालयलाई भनेका छन् ।

स्वास्थ्य चौकीले पुरानो भवन र आवास भवनको मरम्मत र रंगरोगन, एम्बुलेन्स, लैङगिक मैत्री शौचालय निर्माण र आधुनिक बर्थिङ सेन्टर भवनको माग पूर्व मुख्यमन्त्री रावल समक्ष राखेको छ ।

वडा नं. ५ का स्थानीय तथा नेकपा (एमाले) का प्रदेश कमिटी सदस्य खेमराज ओझाले स्थापनाकाल देखि नै यो स्वास्थ्य चौकीले गुणस्तरिय सेवा दिदैँ आएपनि स्वास्थ्य सामाग्रीको अभाव सधैजसो खटकिने गरेको जानकारी दिए ।

‘रेफर गरिएका बिरामीहरुलाई धनगढी र महेन्द्रनगरका अस्पतालमा लैजानका लागि एम्बुलेन्स नहुँदा रात–बिरात अटोमा राखेर लग्नुपर्छ,’ उनले भने ।

पूर्व मुख्यमन्त्री रावलले तत्कालका लागि स्वास्थ्य सामाग्रिको जोहो गरिएको बताउदै एम्बुलेन्सलगायत भौतिक संरचना निर्माणको हकमा पनि आफूले सक्दो पहल गर्ने जनाए ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.