No.1 News Portal from Sudurpashchim Province
bajaj

सुदूरपश्चिमका भौतिक पुर्वाधार मन्त्री पालको यस्तो छ पहिलो निर्णय

सुपको सडक गुरुयोजना बनाउने

गोकुलेश्वर।सुदूरपश्चिमका भौतिक पुर्वाधार विकास मन्त्री सुरेन्द्रबहादुर पालले सुदूरपश्चिमको सडक गुरुयोजना नीति बनाउने निर्णय गरेका छ्न ।मन्त्री पालले पहिलो प्रस्तावका रुपमा सुदूरपश्चिममा सडक गरुयोजनाको नीति बनाउने भन्दै हस्ताक्षर गरेका छ्न ।

‘मैले मन्त्रालयको जिम्मेवारी सम्हाल्दै पहिलो निर्णयका रुपमा सुदूरको सडक सञ्जालको नीति बनाउनेमा हस्ताक्षर गरेको छु ।’उनले भने,’मेरो प्रार्थमिकता सुदूरपश्चिमको सडक हुनेछ ।यसका लागि मैले जे जे गर्नुपर्छ म गर्ने छु ।अहिले पुर्वाधारको अवस्थाका बारेमा बुझेर सहि योजनामा लगानी गर्ने योजना बनाएको छु । मैले चुनौतीपूर्ण रहेको मन्त्रालयको जिम्मेवारी सम्हालेको छु । यस चुनौतीलाई अवसरमा बदल्ने मेरो प्रयास रहनेछ ।’

pm office

मन्त्री पालले यसअघि जेठ २८ गते सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला मन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।उनी मात्र २४ दिनका लागि आर्थिक मामिलामन्त्री भएका थिए ।

त्यसपछि,केन्द्रमा गठबन्धन फेरिएपछि एमाले सरकारबाट फिर्ता भएको थियो ।पछिल्लो समयमा नेपाली कांग्रेस र एमालेबीच सत्ता समीकरण भएपछि प्रदेशमा पनि सोही अनुसार समीकरण बनेको हो। उनी नेकपा एमालेको तर्फबाट भौतिक पुर्वाधार मन्त्रीको जिम्मेवारी पाएका हुन ।

उनी नेकपा एमालेको तर्फबाट गत प्रदेश सभाको निर्वाचनमा बैतडी निर्वाचन क्षेत्र (क) बाट प्रत्यक्ष निर्वाचित भएका थिए ।

मन्त्री पालले जनताको बहुदलीय जनवादको कुशल व्याख्याताको रुपमा छवि बनाएका छन् ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.