गोकुलेश्वर।सुदूरपश्चिम प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रीमा सुरेन्द्रबहादुर पाल नियुक्त भएका छन् ।
सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्रीपरिषद विस्तार गर्दै पाललाई भौतिक पूर्वाधार विकास मन्त्रीमा नियुक्त गरेका हुन् ।भौतिक पूर्वाधार विकास मन्त्री पालले पदभार ग्रहण गरिसकेका छन् ।
बैतडीको डिलाशैनी गाउँपालिकामा जन्मिएका पालले नेकपा एमालेको तर्फबाट गत प्रदेश सभाको निर्वाचनमा बैतडी निर्वाचन क्षेत्र (क) बाट प्रत्यक्ष निर्वाचित भएका थिए ।
अनले स्वतन्त्र उम्मेद्वार हरिमोहन भण्डारीलाई १ हजार ८१३ मतान्तरले र लोकतान्त्रिक बाम गठबन्धनका साँझा उम्मेदवार नेपाली कांग्रेसका बिरबहादुर बिष्टलाई १ हजार ८ सय ७८ मतले हराउँदै पाल प्रदेश सभामा निर्वाचित भएका हुन्।
विसं २०४६ सालदेखि नेपाली राजनीतिमा निस्स्वार्थ भावले सक्रियताका साथ होमिएका पाल बैतडी कम्युनिस्ट आन्दोलन र दीन दुःखी एवं श्रमजीवी वर्गका जनताको लागि महत्वपूर्ण योगदान गरेका छन्।

विसं २०५० सालमा एमाले बैतडी जिल्ला कमिटी सदस्य र २०५४ सालमा भएको स्थानीय निकायको चुनावमा तत्कालिन रुद्रेश्वर गाउँ विकास समिति अध्यक्षमा निर्वाचित भएका थिए।
उनी निर्वाचित भएपश्चात समग्र गाविसको भौतिक एवं आर्थिक विकासको निम्ति अरोरात्र खटिएर विभिन्न आरोह, अवरोह र कठोर परिस्थितिको पनि सामना गर्दै बैतडीमा कम्युनिष्ट आन्दोलनलाई थप उचाइमा पुर्याइ आफ्नो जीवनमा विभिन्न त्याग, सङ्घर्ष र योगदान गरी २०७१ सालमा एमाले बैतडी जिल्लाको कार्यवाहक नेतृत्व सम्हालेको अनुभव उनीसँग छ।
विसं २०७५ एमाले र माओवादी केन्द्रबीच एकता भई बनेको नेपाल कम्युनिस्ट पार्टीको बैतडी जिल्ला अध्यक्ष भए र नेकपा एमालेको दसौं जिल्ला अधिवेशनबाट पनि जिल्ला कमिटी अध्यक्षमा पुनः निर्वाचित भएको हुन्।
बैतडी अध्यक्ष भएर जिल्लाको समग्र विकासका लागि अतुलनीय, प्रसंसनीय एवं अविस्मरणीय कार्य गरि पटक पटक आम निर्वाचनमा पनि पार्टीलाई र पार्टीका कुशल एवं सक्षम उमेदवारलाई जिताउनको लागि अहोरात्र खटिएर लागिरहे।
एमालेको दसौं जिल्ला अधिवेशनबाट पनि जिल्ला कमिटी अध्यक्षमा पुनः निर्वाचित भए। पाल समग्र जिल्लाको शिक्षा,स्वास्थ्य,भौतिक निमार्णको सवालमा सधैँ कम्मर कसेर लागिरहने अनुभवी नेता हुन्। मन्त्री पालले जनताको बहुदलीय जनवादको कुशल व्याख्याताको रुपमा छवि बनाएका छन् ।
पालले यसअघि जेठ २८ गते सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला मन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।त्यसपछि,केन्द्रमा गठबन्धन फेरिएपछि एमाले सरकारबाट फिर्ता भएको थियो ।
पछिल्लो समयमा नेपाली कांग्रेस र एमालेबीच सत्ता समीकरण भएपछि प्रदेशमा पनि सोही अनुसार समीकरण बनेको हो ।



