गोकुलेश्वर । दार्चुला जिल्ला स्थित देशकै सात धाम मध्येको एक मालिकार्जुन धाममा आज पुजन जात्रा लाग्ने भएको छ । प्रत्येक वर्ष असार शुक्ल चतुर्दशी तिथिमा लाग्ने जात्रा यो वर्ष साउन ५ गते लाग्ने भएको हो ।

दार्चुलाको मालिकार्जुन गाउँपालिका र शैल्यशिखर नगरपालिकामा पर्ने शैल्यशिखर धाममा हरेक वर्ष असार शुक्ल चतुर्दशी तिथि र कार्तिक शुक्ल त्रयोदशी तिथिमा शिखर पुजन जात्रा लाग्ने गर्दछ ।
शैल्यशिखर धामको दर्शन गर्न विवाहित महिला तथा व्रतबन्ध गरेका पुरुषहरुले १५ दिन अघि देखि नै चोखो खाना तथा दैनिक नुहाएर ब्रत बसी दर्शन गर्ने प्रचलन रहेको छ । शिवलिगंको रुपमा परिचित शिखर धाममा मालिकार्जुन अर्थात शिव–पार्वतीको मुख्य बाँसस्थान रहेको बताइन्छ । शिखर पुजन जात्रामा दर्शन गर्नाले मनोकामना पुरा हुने जनविश्वास रहिआएको छ ।



