No.1 News Portal from Sudurpashchim Province
bajaj

अझै यी नदी तथा खोलामा बाढीको जोखिम उच्च

गोकुलेश्वर । आज देशका केही नदी तथा खोलामा बाढीको सम्भावना छ।

pm office

विभिन्न जिल्लामा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेकाले बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, ओखलढुङ्गा, रामेछाप, उदयपुर, सिन्धुपाल्चोक, नुवाकोट, सिन्धुली, काठमाडौँ, भक्तपुर, ललितपुर भएर बग्ने नदी तथा खोलामा बाढीको सम्भावना छ।

मकवानपुर, बारा, पर्सा, चितवन, पाल्पा, नवलपरासी, कपिलवस्तु, रुपन्देही, दाङ, बाँके र आसपासका जिल्ला भएर बग्ने अधिकांश स–साना नदी तथा खोलामा बहाव उल्लेख्य बढ्ने पूर्वानुमान रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

यता धौलिगंगा जलविद्युतको बाँध सिल्टसरसफाइ कार्यको लागि खोलिने र महाकाली नदीको जलसतह बढ्न सक्ने भएकोले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन पनि आग्रह गरिएको छ। नारायणी नदीको जलसतह घट्ने भए पनि सतर्कता तह आसपास हुने विभागको भनाइ छ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.