No.1 News Portal from Sudurpashchim Province
bajaj

महाकाली र चमेलिया नदीको दोभानमा दार्चुलाकी एक महिलाको शव फेला

गोकुलेश्वर । बैतडी स्थित महाकाली र चमेलिया नदीको दोभानमा दार्चुलाकी एक महिलाको शव फेला परेको छ ।

pm office

बैतडीको दशरथचन्द नगरपालिका ६ स्थित महाकाली र चमेलिया नदीको दोभान खुटिया भन्ने स्थानमा दार्चुला घर भएकी महिलाको शव सोमबार बिहान फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेले जानकारी दिए ।

दार्चुलाको लेकम गाउँपालिका ४ दमसैना घर भएकी २२ बर्षीया हेमन्ती गिरीको शव फेला परेको प्रहरी निरीक्षक पाण्डेले जानकारी दिए । यही असार ८ गते घरबाट हराएकी हेमन्तीको शव फेला परेको बताइएको छ ।

घटनाका बिषयमा थप अनुसन्धान भइरहेको र विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.