No.1 News Portal from Sudurpashchim Province
bajaj

सुदूरपश्चिमका अर्थ मन्त्री पाल र प्रधानमन्त्री प्रचण्डबिच भेटवार्ता,भेटमा के-के भयो?

गोकुलेश्वर। सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री सुरेन्द्रबहादुर पाल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिच भेटवार्ता भएको छ ।

बिहिवार(आज)मन्त्रीपाल,सुदूरपश्चिमका निवर्तमान मुख्यमन्त्री राजेन्द्र रावल र प्रधानमन्त्रीबिच बालुवाटारमा भेटवार्ता भएको हो ।

भेटमा सुदूरपश्चिम प्रदेशका ठुला तथा राष्ट्रिय गौरवको आयोजना र प्रदेश भित्ररहेका सम्पदाहरुलाई विश्वसम्पदा सुचीमा राख्नु पर्ने लगायत प्रदेशको बिकासका सवालमा प्रधानमन्त्रीको ध्यानकार्षण गराएका छन ।

‘प्रचुर सम्भावना भएर पनि सुदूरपश्चिमले विकासमा अझै फड्को मार्न सकेको छैन,औद्योगिक विकास अन्य प्रदेशको तुलनामा निकै कम छ ।’ मन्त्री पालले भने,’औद्योगिक क्षेत्र नभएकाले औद्योगिक रोजगारीको अवस्था कमजोर छ ।

रोजगारका अवसर नहुँदा युवा जनशक्ति पलायनको अवस्था हामीकहाँ अरू प्रदेशको तुलनामा बढी नै छ ।सामान्य मजदुरीका लागि समेत भारत जानुपर्ने बाध्यता अहिले पनि हटेको छैन ।पूर्वाधार विकासले पनि खास्सै फड्को मार्न सकेको छैन । यस्तो यस्तै समस्या सहित सरकारले विशेष प्राथमिकता साथ सुदूरपश्चिमलाई हेर्नुपर्ने माग राख्दै प्रधानमन्त्रीको ज्युको ध्यानाकर्षण गराएका छौँ ।’

यसैगरी ध्यानाकर्षण पत्रमा प्रदेशको बिकासका लागि निम्न योजनाहरुमा सरकारले विशेष पहल गर्न आग्रह गरेको छ ।

१. आगामी वर्षको बजेट तथा कार्यक्रममार्फत सुदूरपश्चिमलाई धार्मिक पर्यटनको आर्थिक केन्द्रका रूपमा विकास गर्ने घोषणा गरेकोमा त्यसको स्वागत गर्दै उक्त लक्ष्य हासिल गर्न प्रदेश सरकारसँगको समन्वयमा देवाटली (Garden of God) धार्मिक सर्किटसहित स्पष्ट कार्ययोजना निर्माण गरि कार्यान्वयन गरियोस् ।

pm office

२.सुदूरपश्चिमका कतिपय धार्मिक तथा ऐतिहासिक सम्पदाहरु, विश्व सम्पदा तथा राष्ट्रिय सम्पदाको सूचिको मापदण्डमा पर्न सक्ने भएपनि तिनीहरूको उचित संरक्षण हुन सकेको छैन। त्यसैले सुदूरपश्चिमका सम्पदाहरुको संरक्षण, प्रवर्धन र संरक्षणका लागि विशेष पर्यटकीय प्याकेजको घोषणा गरियोस् ।

३.प्राकृतिक श्रोत तथा वित्त आयोग, राष्ट्रिय योजना आयोग, मानव अधिकार आयोग, महिला आयोगलगायत विभिन्न संवैधानिक आयोगहरूमा सुदूरपश्चिम प्रदेशबाट शून्य प्रतिनिधित्व रहेको छ। त्यसैले यी निकायमा सदस्य तथा पदाधिकारी नियुक्ति गर्दा सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व सुनिश्चित गरियोस्।

४.दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माण भइरहेको सन्दर्भमा पूर्व-पश्चिम राजमार्गको गड्डाचौकी- चिसापानी खण्डलाई ६ लेनमा विस्तार गर्ने कार्य वार्षिक बजेट तथा कार्यक्रममा समावेश गरियोस्।

५.सुदूरपश्चिमको सीमा क्षेत्रमा भारतीय पक्षबाट बारम्बार अतिक्रमण, नेपाली क्षेत्रमा विकास निर्माणका कार्यमा अवरोध तथा सीमा क्षेत्रमा नेपालीमाथि हुने सास्ती अन्त्य गर्न कुटनीतिक पहल गरियोस्।

यस्तै मन्त्री पाल र पूर्व मुख्यमन्त्री रावलले लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत (सिइओ) शुशिल भट्टलाई पनि भेटेका छन् ।

भेटमा सुदूरपश्चिममा लगानीको उपयुक्त वातावरण निर्माण गर्न,प्रदेश भित्रका सम्भावनामा वैदेशिक लगानी मैत्री पुर्ण बातावरण निर्माण गर्नु छलफल भएको छ ।

त्यस्तै,प्रदेशमासाना ठुला उद्योगको संरक्षण तथा प्रबर्द्धन सन्चालनमा विदेशी लगानि भित्र्याउने,प्रदेशलाई समृद्धिको यात्रामा लग्न बिकास रोजगारीको अवस्था बलियो बनाउनु पर्ने सवालहरु भेटघाट तथा छलफल भएको बताइएको छ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.