गोकुलेश्वर।हावाहुरीले दार्चुलाको एक विद्यालयको छाना उडाएको छ ।जिल्लाको शैल्यशिखर नगरपालिका–४ तल्लोकाँडापारीस्थित भुमिराज आविको छाना उडाएको छ ।

सोमवार साँझ चलेको हावाहुरीले विद्यालयको चार कोठे भवनको जस्तापाताले छाएको छाना उडाएको हो ।
हावाहुरीले विद्यालयको छाना पूर्णरुपमा उडाएर जमिनमा थुपारेको छ ।यस्तै करिब ५० हजार बराबरका शैक्षिक सामाग्री पनि क्षति भएको बताइएको छ ।
विद्यालयको छाना उडाएपछि विद्यार्थीहरुको पढाई प्रभावित भएको छ । हावाहुले सो क्षेत्रको मकै बारीमा पनि क्षती पुर्याएको छ ।



