No.1 News Portal from Sudurpashchim Province
bajaj

सुदूरपश्चिम बजेट : ‘सानै छु, बढ्न देउ, बालविवाह होईन,पढ्न देउ’

गोकुलेश्वर। सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१।८२ मा ‘सानै छु,बड्न देउ बालविवाह होईन, पढ्न देउ’ अभियान सञ्चालन गर्ने भएको छ ।

pm office

प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री सुरेन्द्रबहादुर पालले शनिबार प्रदेश सरकारको आर्थिक वर्ष २०८१।८२ को बजेट प्रस्तुत गर्दै यस्तो कार्यक्रम सन्चालन हुने बताएका थिए ।

‘सानै छु,बड्न देउ,बालविवाह होईन,पढ्न देउ अभियान सञ्चालनका लागि २ करोड बजेट विनियोजन गरिएको बजेट वक्तव्यमा छ ।सो कार्यक्रम सस्थानीय तहसँगको साझेदारीमा सञ्चालन हुने छ ।

त्यस्तै,प्रदेशभित्रका १० हजार किशोरकिशोरीलाई यौनजन्य हिंसा र बालविवाहविरुद्ध अभिमुखीकरणका लागि आवश्यक बजेट विनियोजन र विशेष संरक्षणको आवश्यकता भएका हिंसा तथा जोखिममा परेका बालबालिकाका लागि ‘प्रदेश बाल कोष’ स्थापना गरिने उल्लेख छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.