No.1 News Portal from Sudurpashchim Province
bajaj

बैतडीमा आफ्नै प्रेमिलाइ विष खुवाउने प्रेमिका प्रहरीको फन्दामा

गोकुलेश्वर । बैतडीमा एक प्रेमीका आफ्नै प्रेमीसहित उनका आमाबुवालाई खानामा विष मिसाएर खुवाएर मार्न खोजेको आरोपमा पक्राउ परेकी छन् ।

पुर्चौडी नगरपालिका–१०, विजयपुरको बिचकिल्ला घर भई प्रेमीको घर सुर्नया गाउँपालिका –५, बरायलको मल्लो कक्सयाली बस्दै आएकी १८ वर्षीया करिश्मा बिस्टलाई बैतडी प्रहरीले पक्राउ गरेको हो ।

pm office

विषादी मिसिएको खाना खाएपछि सुर्नया गाउँपालिका –५, बरायलको मल्लो कस्सयालीका प्रेमी २२ वर्षीय करन विष्ट, उनका बुवाआमा ५५ वर्षीय कलुवा विष्ट र ५४ वर्षीया माधवी विष्ट अस्पताल भर्ना भएका छन् ।

करिश्मा र करनबिच प्रेम बसेपछि विधिवत् विवाहको तयारी भइरहेको थियो । प्रेमी करन विष्टकी ठुलीआमाको निधनका कारण विधिवत् विवाह हुन ढिलो भएपछि प्रेमीका गत माघ महिनादेखि प्रेमीको घरमा सुर्नया पुगेर बुहारीजस्तै बनेर बसेको परिवारका सदस्यले बताएका छन् ।

प्रहरी नियन्त्रणमा रहेकी युवतिले खानामा विष मिलाएर खुवाएको स्वीकार गरेकी छन् । प्रारम्भिक अनुसन्धानमा युवतिले बाख्राले बाली खाएपछि सासूले गाली गरेका कारण खानामा विष मिलाएको बयान दिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक दीपक गिरीले बताए ।

उनले भने, “प्रारम्भिक अनुसन्धानमा बाख्राले बाली खाएपछि सासूले गाली गरेका कारण घटना भएको खुल्न आएको छ । ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दर्ता गरी विस्तृत अनुसन्धान गरिरहेका छौँ ।”

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.