No.1 News Portal from Sudurpashchim Province
bajaj

सुदूरपश्चिमको आगामी बजेट ३१ अर्ब ६२ करोड, यस्तो छ मन्त्रालयगत भागबन्डा

गोकुलेश्वर । सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ।

शनिबार सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री सुरेन्द्रबहादुर पालले प्रदेश सभा बैठकमा आगामी आर्थिक वर्ष २०८१ ।८२ को बजेट सार्वजनिक गरेका हुन्। प्रदेश सरकारले असार १ गते आगामी वर्षको बजेट ल्याइसक्नुपर्ने संवैधानिक व्यवस्था छ।

pm office

चालु आर्थिक वर्षका लागि २९ अर्ब २६ करोडको बजेट ल्याएको सुदूरपश्चिम सरकारले अगामी आर्थिक वर्षका लागि ३१ अर्ब ६२ करोडको बजेट सार्वजनिक गरेको हो। प्रदेश सरकारले ११ अर्ब ७ करोड चालु र १७ अर्ब ५३ करोड पुँजीगत बजेट सार्वजनिक गरेको छ। कुल विनियोजित बजेटमध्ये विकासतर्फ ५५ र चालुतर्फ ४५ प्रतिशत बजेट विनियोजन गरिएको छ।

प्रदेश सरकारले पूर्वाधार निर्माणका लागि पाँच अर्ब ६८ करोड, सामाजिक क्षेत्रका लागि ६ अर्ब ७४ करोड बजेट विनियोजन गरेको छ। ८६ करोडको बजेट स्थानीय तहहरुमा समानिकरण अनुदान र ५६ करोड ससर्त अनुदान दिन बजेट विनियोजन गरिएको छ।

यसका साथै तीन अर्ब ९ करोडको बजेट भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, २ अर्ब चार करोडको बजेट उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय, पाँच अर्ब ६८ करोडको बजेट भौतिक पूर्वाधार विकास मन्त्रालय, ६ अर्ब ७४ करोडको बजेट सामाजिक विकास मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ३८ करोड ६९ लाख बजेट प्राप्त गरेको छ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.