No.1 News Portal from Sudurpashchim Province
bajaj

आज प्रदेशगत बजेट आउदै, सुदूरपश्चिमको बजेट ५७ खर्ब हुने अनुमान

गोकुलेश्वर । सातै प्रदेश सरकारहरुले आगामी आर्थिक वर्ष ०८१ /८२ को बजेट ल्याउँदै छन् ।

हरेक वर्षको १ असारमा बजेट ल्याउनुपर्ने कानुनी व्यवस्थाअनुसार प्रदेश सरकारहरूले प्रदेश सभामा आगामी आर्थिक वर्षको आय व्ययको अनुमान प्रस्तुत गर्नेछन्।

सातैवटा प्रदेशले बजेट लेखन लगभग सकिएको र अन्तिम रूप दिएर मन्त्रिपरिषद्बाट पास गराई प्रदेश सभामा प्रस्तुत गर्ने जानकारी दिएका छन्। नेपालको संविधानको धारा ५९ मा संघ, प्रदेश र स्थानीय तहले आफ्नो अधिकारभित्रको आर्थिक अधिकारसम्बन्धी विषयमा कानुन बनाउने, वार्षिक बजेट बनाउने, निर्णय गर्ने, नीति तथा योजना तयार गर्ने र त्यसको कार्यान्वयन गर्ने उल्लेख छ।

pm office

उपधारा ३ ले प्रदेश र स्थानीय तहले बजेट पेस गर्ने समय संघीय कानुनबमोजिम हुने व्यवस्था गरेको छ । संविधानको यही व्यवस्थाअनुसार अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ ले प्रदेश र स्थानीय तहले बजेट ल्याउने समय तोकिएको छ ।

कानुनअनुसार प्रदेशको अर्थमन्त्रीले प्रत्येक वर्ष १ असारभित्र आगामी आर्थिक वर्षको राजस्व र व्ययको अनुमान प्रदेश सभामा पेस गर्नुपर्नेछ।

यस्तै, सुदूरपश्चिम प्रदेशको आगामी आर्थि वर्षको बजेट ५७ खर्ब ४ अर्ब ८४ करोड हुने अनुमान गरिएको छ । शुक्रबार प्रदेश सभाको चौथो अधिवेशनको सातौ बैठकमा अर्थमन्त्री सुरेन्द्र बहादुर पालले आगामी आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रस्तुत गरिरहेका छन ।

उनले आगामी आर्थिक वर्षमा ३ दशमलव ५४ प्रतिशतले आर्थिक वृद्धिदर भई अनुमानित ५७ खर्ब ४ अर्ब ८४ करोड बजेट हुने बताएका छन ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.