No.1 News Portal from Sudurpashchim Province
bajaj

सुरेन्द्र पाल : गाविस अध्यक्षदेखि मन्त्रीसम्मको यो यात्रा

गोकुलेश्वर । बैतडीको डिलाशैनी गाउँपालिकामा जन्मिएका सुरेन्द्र बहादुर पालले यति बेला सुदूरपश्चिम प्रदेश सरकारमा आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी पाएका छन्।

एमालेबाट गत प्रदेश सभाको निर्वाचनमा बैतडी निर्वाचन क्षेत्र क बाट प्रत्यक्ष निर्वाचित पालले स्वतन्त्र उम्मेद्‍वार हरिमोहन भण्डारीलाई १ हजार ८१३ मतान्तरले र लोकतान्त्रिक बाम गठबन्धनका साँझा उम्मेदवार नेपाली कांग्रेसका बिरबहादुर बिष्टलाई १ हजार ८ सय ७८ मतले हराउँदै पाल प्रदेश सभामा निर्वाचित भएका हुन्।

विसं २०४६ सालदेखि नेपाली राजनीतिमा निस्स्वार्थ भावले सक्रियताका साथ होमिएका पाल बैतडी कम्युनिस्ट आन्दोलन र दीन दुःखी एवं श्रमजीवी वर्गका जनताको लागि महत्वपूर्ण योगदान गरेका छन्।

विसं २०५० सालमा एमाले बैतडी जिल्ला कमिटी सदस्य र २०५४ सालमा भएको स्थानीय निकायको चुनावमा तत्कालिन रुद्रेश्वर गाउँ विकास समिति अध्यक्षमा निर्वाचित भएका थिए।

उनी निर्वाचित भएपश्चात समग्र गाविसको भौतिक एवं आर्थिक विकासको निम्ति अरोरात्र खटिएर विभिन्न आरोह, अवरोह र कठोर परिस्थितिको पनि सामना गर्दै बैतडीमा कम्युनिष्ट आन्दोलनलाई थप उचाइमा पुर्याइ आफ्नो जीवनमा विभिन्न त्याग, सङ्घर्ष र योगदान गरी २०७१ सालमा एमाले बैतडी जिल्लाको कार्यवाहक नेतृत्व सम्हालेको अनुभव उनीसँग छ।

विसं २०७५ एमाले र माओवादी केन्द्रबीच एकता भई बनेको नेपाल कम्युनिस्ट पार्टीको बैतडी जिल्ला अध्यक्ष भए र नेकपा एमालेको दसौं जिल्ला अधिवेशनबाट पनि जिल्ला कमिटी अध्यक्षमा पुनः निर्वाचित भएको हुन्।

pm office

बैतडी अध्यक्ष भएर जिल्लाको समग्र विकासका लागि अतुलनीय, प्रसंसनीय एवं अविस्मरणीय कार्य गरि पटक पटक आम निर्वाचनमा पनि पार्टीलाई र पार्टीका कुशल एवं सक्षम उमेदवारलाई जिताउनको लागि अहोरात्र खटिएर लागिरहे।

एमालेको दसौं जिल्ला अधिवेशनबाट पनि जिल्ला कमिटी अध्यक्षमा पुनः निर्वाचित भए। पाल समग्र जिल्लाको शिक्षा,स्वास्थ्य,भौतिक निमार्णको सवालमा सधैँ कम्मर कसेर लागिरहने अनुभवी नेता हुन्। मन्त्री पालले जनताको बहुदलीय जनवादको कुशल व्याख्याताको रुपमा छवि बनाएका छन् ।

तिनै पालले सोमबार पहिलो पटक एमालेको तर्फबाट सुदूरपश्चिम प्रदेशको आर्थिक योजना मामिला मन्त्रालयको कार्यभार सम्हालेका छन्। यो उहाँका लागि अवसर र चुनौती दुवै हो । विशिष्ट खालको परिवेशमा आफूले यो जिम्मेवारी सम्हालेको उहाँको भनाई छ ।

‘पार्टीको निर्णय अनुसार मैले मन्त्रालयको जिम्मेवारी सम्हालेको छु, पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुक र शुभ चिन्तक राम्रो गर्नका लागि शुभेच्क्षा प्रकट गरिरहनु भएको छ,’ पालले भने, ‘सकेसम्म राम्रो गर्ने प्रयत्न गर्छु ।

सुदूरपश्चिमको आवश्यक्ता र विशिष्टतालाई ध्यान दिएर बजेट निर्माण, बजेट बाँडफाँड तथा कार्यान्वय गर्ने उनले बताए । यसमा खास गरी दुई कुरामा ध्यान दिने योजना उनको छ । एउटा भौतिक पूर्वाधार निर्माण र अर्को मानविय विकास ।

यी दुवैलाई सँगसँगै लैजाने गरी योजना बनाउने र त्यसका लागि आफूले सक्दो पहल, प्रयास गर्ने प्रतिबद्धता उनको छ । बजेट बनेपनि कार्यान्वयमा समस्या देखिने भएका उनले कार्यान्वयन हुने गरी बजेट विनियोजन गर्ने र कार्यान्वयनलाई पहिलो प्राथमिकतामा राखेको बताए । बजेट निर्माणको अन्तिम चरणमा रहेकाले सुदूरपश्चिमको सबै क्षेत्र, भूगोल समेटिने गरी बजेटिकरण र योजना बन्ने उनले बताए ।

मन्त्रीको जिम्मेवारी पाएसँगै गृह जिल्ला बैतडी तथा उनको निर्वाचन क्षेत्रमा स्थानीय बासिन्दा, नेता कार्यकर्ताहरुले मुख्य मुख्य ठाउँमा खुसियाली साटासाट गर्नूका साथै दिपावली मनाएका छ्न ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.