No.1 News Portal from Sudurpashchim Province
bajaj

मुख्यमन्त्री सोडारीले गरे मन्त्री परिषद् विस्तार

गोकुलेश्वर । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले मन्त्रिपरिषद् विस्तार गरेका छन्।

pm office

बैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त भएका सोडारीले तेस्रोपटक मन्त्रिपरिषद् विस्तार गरेका हुन्। मुख्यमन्त्री कार्यालय स्रोतकाअनुसार सोडारीले एमालेका सुरेन्द्रबहादुर पाललाई आर्थिक मामिला, माओवादी केन्द्रका ओमबिक्रम भाटलाई सामाजिक विकास मन्त्री र स्वतन्त्र प्रदेश सभा सदस्य डाक्टर ताराप्रसाद जोशीलाई उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नियुक्त गरेका हुन्।

मन्त्री नियुक्त हुनेमा एमालेका वीरबहादुर थापा र हिरा सार्की, माओवादी केन्द्रका अक्कलबहादुर रावल र लक्ष्मी विक तथा एकीकृत समाजवादीकी माया पन्त रहेकी छन्। थापालगायत पाँचै जनालाई भने बिना विभागीय मन्त्री नियुक्त गरेर शपथका लागि प्रदेश प्रमुख नजिर मियाँ समक्ष सिफारिस गरिएको बुझिएको छ।

सोडारीले यसअघि नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरीलाई भौतिक पूर्वाधार विकास र टीका थापालाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री नियुक्त गरेका थिए।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.