No.1 News Portal from Sudurpashchim Province
bajaj

दार्चुलामा करेन्ट लागेर एक महिला घाइते

गोकुलेश्वर । दार्चुलाको मालिकार्जुनमा एक महिला करेन्ट लागेर घाइते भएकी छन्।

pm office

जिल्लाको मालिकार्जुन गाउँपालिका–४ की २२ वर्षीया बसन्ती धामी करेन्ट लागेर घाइते भएकी हुन्। उनलाई सोहि ठाउँको पातलि लेकको जङगलमा स्याउला काट्नेक्रममा विद्युतको तार सर्ट भइ करेन्ट लागेको हो।

घाइते भएकी धामीको शंकरपुर स्वास्थ्यचौकीमा सामान्य उपचार पछि थप उपचारका लागि भारतको पिथौरागढमा लगिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.